
-दिनेश गौतम (पुस्तक प्रसाद )
छिमेकी भए पछि बस्नु हुदैन भनेर दुरी मा
पर्खाल लगाएका छैनौ हामीले पनि मन्जुरी मा
तिमीलाई थाहै होला छिमेकी हाम्रो इतिहास ?
परेड खेल्न जानेका छौ हामीले आधि हुरी मा
लुटेर न खान्छ नेपाली न झुकेर बाच्न जानेको छ
बिताई दिन्छ पुरै जीवन गरेर बरु मजदुरी मा
{तोहर भाषा कहि त लात के भूतवा बात से नही मनता
अब धार लगावे के चाही हमनी का खुकुरी मा }
भन्थे पुर्खाले लात को भूत बात ले मान्दैन भन्थे
अब धार लगाउनु पर्ला जस्तो छ खुकुरी मा ।