jQuery(document).ready(function($){ //
});

दमक, ८ साउन । नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिने भएका छन्। 

यही असार ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टा पहिले रावलले सांसद पदबाट राजीनामा दिएका थिए। 

RAWA Hills Town Property

RAWA Hills Town Property

देउवालाई विश्वासको मत दिने नदिनेबारे एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग कुरा नमिलेपछि उनले राजीनामा दिएका थिए। रावललाई राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएका थिए। 

राजीनामा फिर्ता गर्न आग्रह गर्दै एमाले वरिष्ठ नेता नेपाल बिहीबार रावल निवास टोखा पुगेका थिए। त्यस्तै‚ सुदूरपश्चिम प्रदेशका सांसदहरुले पनि उनलाई राजीनामा फिर्ता लिन दवाब दिएका थिए। 

रावलले आज बस्ने प्रतिनिधिसभा बैठकअघि राजीनामा फिर्ता लिने स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय