दमक, ८ साउन । हालै बार्सिलोनामा अनुबन्ध भएका स्टार खेलाडी मेम्फिस डिपेले लियोनल मेस्सीको तारिफ गरेका छन् । उनले मेस्सीसँग खेल्नु एक सपना भएको उनले बताएका छन् ।
लियोनबाट बार्सिलोना अनुबन्ध भएका डिपेले मेस्सीसँग जोडिन पाउँदा निकै खुसी भएको बताएका छन् । विश्वकै उत्कृष्ट खेलाडीसँग खेल्न पाउनु आफ्नो लागि ठुलो कुरा भएको उनले बताए ।
उनले भनेका छन्,‘मेस्सी लिजेण्ड हुन् । उनी विश्वकै उत्कृष्ट खेलाडी हुन् । उनले कोपा अमेरिकामा जुन खेल प्रदर्शन गरे त्यसले पनि सबै कुरा पुष्टि गर्छ ।’
उनले अगाडि भनेका छन्, ‘म उनीसँग खेल्न आतुर रहेको छु । मलाई मेरो खेलप्रति बढी ध्यान दिनु छ किनकी म मेस्सी सँग खेल्नेछु ।’
मेस्सीले अर्को पनि बेलोन डिओर जित्नेमा आफु विश्वस्त रहेको उनले बताए ।






