
दमक, ८ साउन । झापाको कनकाई नगरपालिका साउन १६ गतेसम्मलाई बन्दाबन्दी (शिल) गरिएको छ । कनकाई नगरपालिकाले एक सूचना जारी गर्दै ९ गते राती १० बजेदेखि १६ गतेसम्मका लागि शिल गरेको छ ।
नगरपालिकाले सूचना जारी गर्दै सबै व्यवसाय, बैंक तथा वित्तिय संस्था बन्द गर्न अनुरोध गरिएको छ । कनकार्य नगरपालिका तथा वडा कार्यालयहरुबाट अत्यावश्य सेवा बाहेक सबै स्थगन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृति हरिप्रसाद मिश्रले जानकारी दिए ।
नगरको सबै वडाका कोरोना संक्रमण बढेका कारण शिल गरिएको बताइएको छ ।