jQuery(document).ready(function($){ //
});

दमक, ८ साउन । प्रदेश १ का सबै स्थानीय तहहरुमा आगामी साताबाट कोरोना विरुद्धको खोप लगाईने भएको छ ।

संघीय सरकारले अमेरिकी सहयोगमा प्राप्त गरेको जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप र चीनमा उत्पादित भेरोसेल खोप प्रदेश १ मा लगाइने भएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सरकारले यी दुवै खोप ल्याउने तयारी गरिरहेको छ । दुई दिनभित्र खोप प्राप्त आईसक्ने र त्यसपछि सबै जिल्लामा खोप पठाएर लगाउन थालिने प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

यस अघि दुई चरणमा सञ्चालित कोरोना विरुद्धको खोप अभियानमा ६० वर्ष माथि उमेर समूहका नागरिकहरुले खोप लगाइसकेका छन् । अर्को साताबाट ५५ वर्षदेखि माथि ५९ वर्ष उमेरसम्मका व्यक्तिहरुलाई चिनीयाँ भेरोसेल खोप लगाउने तयारी रहेको छ । अहिलेसम्म कति मात्रा खोप आउँछ भन्ने निर्णय भइसकेको छैन, सकेसम्म ती उमेर समूहका लागि र केही अग्रपंक्तिमा छुटेका समूहका लागि पुग्ने गरी खोप आउने अपेक्षा राखिएको छ ।

प्रदेश जनस्वास्थ्य निर्देशनालयले ५५ वर्षदेखि माथिका उमेर समूहका लागि लगाउन ३ लाख ३८ हजार १६९ डोज खोप आवश्यक पर्ने जनाएको छ । यस्तै ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई लगाउन जोन्सनको २ लाख १० हजार ५६८ डोज खोप आवश्यक पर्ने अनुमान गरी माग गरिएको जनाएको छ ।

प्रदेशमा प्राप्त भएको खोप जिल्लाहरुमा पठाउन करिव दुई दिन लाग्ने छ । त्यसपछि स्थानीय तहहरुमा पठाएर खोप लगाउन सुरु गरिने छ ।

कोरोना महामारी नियन्त्रणमा नआएपछि सर्वसाधारणहरु खोपको तिब्र प्रतीक्षामा छन् । काठमाण्डौमा जोन्सन र भेरोसेल खोपहरु धमाधम लगाउने कार्य जारी रहेपछि सर्वसाधारणले खोप कहिले आउँछ भन्ने प्रश्न गर्दै स्थानीय जनप्रतिनिधि र सरकारका स्वास्थ्य कर्मचारीहरुलाई ताकेता गर्न थालेका हुन् ।

सरकारले चीनसँग खरिद गरेको ४० लाख डोज खोपमध्ये यस अघि नै ८ लाख डोज खोप काठमाण्डौमा आइसकेको छ । थप ८ लाख डोज खोप समेत आएको छ । प्रदेश १ मा अहिलेसम्म ३ लाख ७७ हजार ४४९ जनाले कोभिसिल्ड र भेरोसेलको पहिलो मात्रा खोप लगाएका छन् भने ९९ हजार ७४४ जनाले कोभिसिल्ड र भेरोसिल्डको दोश्रो खोप लगाइसकेका छन् ।

सरकारले माग बमोजिम प्रदेश १ मा जोन्सनको खोप पठाएको खण्डमा २ लाख १० हजारले पूर्ण खोप पाउने छन् । जोन्सनको खोप एक मात्रा मात्र लगाउनु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय