jQuery(document).ready(function($){ //
});

दमक, ९ साउन । धितोपत्र बजारमा यस साता ४२ अर्ब बढीको कारोबार भएको छ ।

यो साता २२२ वटा कम्पनीको ४ लाख २३ हजार ३ सय ३१ पटकको कारोबारमा १५ करोड ४० लाख ६ हजार ७०२ कित्ता शेयर- खरिद बिक्री भएको छ । कुल कारोबार रकम ४२ अर्ब ४६ करोड ३५ लाख ९६ हजार नौ सय ८५ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको बढी हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

गत साता भने दुई सय २९ वटा कम्पनीहरुको तीन लाख ५२ हजार दुई सय ४३ पटकको कारोवारमा १७ करोड ३१ लाख ९६ हजार नौ सय ८२ कित्ता शेयर किनबेच हुँदा कुल कारोवार रकम ३७ अर्ब ३८ करोड ५९ लाख ५५ हजार सात सय ५४ रुपैयाँ पुगेको थियो ।

नेप्सेका अनुसार यो साता बढी रकम कारोवार गर्ने कम्पनीको सूचीमा नेशनल हाईड्रो पावर कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, अरुण कावेली पावर लिमिटेड आदी परेका छन ।

कारोवार भएको सेयर संख्याको आधारमा नेशनल हाईड्रो पावर कम्पनी हिमाल दोलखा हाईड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि अगाडि परेका छन । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदी अगाडि परेका छन् ।

शेयर सुचीकरणतर्फ भने यो साता हिमालयन जनरल इन्स्योरेन्स र नेपाल एग्रो लघुबित्त बित्तीय संस्थाको बोनस शेयर सुचीकृत भएका छन् । यो साता नेप्से ३००४.३१ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ५६२.२४ अंकमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय