jQuery(document).ready(function($){ //
});

दमक, ९ साउन । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ  ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा बिहान ९ः०० बजे बोलाइएको बैठकमा पार्टीको आगामी महाधिवेशनकै विषयमा छलफल हुने बताइएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

शुक्रबार बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको थियो ।

क्रियाशील सदस्यता विवाद टुंग्याउन समय लागेकाले महाधिवेशनको मिति नसर्ने गरी अरु कार्यतालिका हेरफेरको विषय बैठकमा छलफलमा आएको र यसबारे आजको बैठकले निर्णय गर्ने सम्भावना रहेको बुझिएको छ  ।

कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय