
दमक, ९ साउन । मिती २०७८।०४।०८ गते अन्दाजी १३:३० बजे जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं.-१७ मटेरुवा चोक स्थितमा अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरीले टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको भारत उत्तर प्रदेश लखनउ बस्ने बर्ष ३४ को अतुल कुमार र सोही स्थान बस्ने बर्ष ३५ को सन्दिप सिंहलाई शंका लागि चेकजाँच गर्ने क्रममा
अतुल कुमारको साथबाट भारतिय नोट ५०० दरको २०० थान गरी १ लाख र सन्दिप सिंहको साथबाट भारतिय नोट रु ५०० दरको २१७ थान गरी १ लाख ८ हजार ५ सय तथा अमेरिकन डलर १०० दरको २१ थान-२० दरको ५ थान, १० दरको १ थान र १ दरको ४ थान गरी जम्मा रू २ हजार २ सय १४ सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि नोट सहित मानिसहरूलाई आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाईएको ।