
दमक, ९ साउन । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्न थालेको छ । गत २४ घण्टामा मात्र थप ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ ।
यो अबधिमा १४ हजार ९१० जनाको कोरोना परीक्षण गरिएकोमा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यही अवधिमा थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ४१ हजार ५६५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।
त्यस्तै, कोरोना संक्रमणकै कारण थप १६ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या योसंगै ९ हजार ६९५ पुगेको छ । नेपालमा यस रोगबाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।