
दमक, ९ साउन । विगतमा नागरिकले गरेको लापरबाहीले दमकमा कोरोना संक्रमण एकदम धेरै बढेको कारणले गर्दा नगरपालिकाले कठोर कदम चालेको छ । आउँदो सोमबार श्रावण १२ गते बाट लागु हुने भनिएको निषेधाज्ञा एकदम कडा हुने जानकारी गरिएको छ।
आज दमकका सर्ब पकक्षिय व्यक्तत्वहरूसँगहरु गरेको छलफलमा यो निर्णय अगी सारिएको हो । नेकपा एमाले दमक नगर अध्यक्ष लोकबहादुर अधिकारी,नेपाली काँग्रेस नगर सभापति रोशन विष्ट,नेकपा माओवादी केन्द्रिय नगर सचिब शंकर बस्नेत, जसापा नगर अध्यक्ष खेम दाहाल को टोलीले पनि लकडाउन को निर्णयमा सहमत जनाएका छन्।
विगतको जस्तो फितलो लक डाउनको कुनै औचित्य न रहेको उद्योग बाणिज्य संघ कार्यवाहक अध्यक्ष गोपाल गुरागाई साथै भारत चम्लागांईले जानकारी गर्नु भयो । पछिल्लो समयमा दमकमा बढेको कोरोना संक्रमणले सबै नगर बासिमा त्रास बढाएको छ।
नगर प्रमुख रोम नाथ ओली का अनुसार अतिआवश्यक औषधि , इमरजेन्सी सेवा बाहेकका सम्पूर्ण कार्य ठप्प गराउने बताउनु भयो। अनावश्यक हिनडुल रोक एबम् सम्पूर्ण व्यवसाय उद्योग कारखाना एकसाता का लागि पूर्ण बन्द गरिने जानकारी गरिएको छ । बैंक एबम् सरकारी कार्यालयहरु पनि पूर्ण बन्द रहने छन्।