दमक, १० साउन । दमकका समाजसेवी एबम् एक कुशल व्यक्तित्व चन्द्र खत्री,जननायक वीपी कोइरालाको जिवन सघर्ष, वीपी बिचार, साहित्य, दर्शन र उहाका बिभिन्न पुस्तकहरुको अध्ययन, बिचार र बिमर्सको लागि गठन गरियको यो विपी स्टडी युथ सर्कल प्रदेश नं १ को महासचिव जस्तो गरिमामय पदमा मनोनयन हुनु भएको छ। मनोनित गरिए लगत्तै उहाँलाई उहाँका शुभचिन्तकहरुले बधाई दिनको घुइँचो छ।

उहाँ दमक जेसिसका पूर्व अध्यक्ष रहिसक्नुभएको छ, हाल उहाँ उद्योग बाणिज्य संघ दमकको कार्य समिति सदस्य हुनुुन्छ साथै दमक ८ स्थित एलाईड अङ्ग्रेजी बोर्डिङ स्कुल को संचालक पनि हुनुन्छ। अध्यक्ष सचिन शाक्य का अनुसार दिलीप थापालाई सचिब र यज्ञ भण्डारी लाई सहसचिव मा मनोनित गरिएको छ।
हाम्रो दमक अनलाईन टिम बाट पनि चन्द्र खत्री ज्यु लाई बधाई एबम् शुभकामना
दमक अनलाईन टिम






