पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको विरिङ पुलमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा कनकाई नगरपालिका ३ बस्ने २४ वर्षीय नितेश न्यौपानेको रहेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरिक्षक मोहन थापाले जानकारी दिए। उनका अनुसार कनकाई नगरपालिका ७ स्थित बिरिङ खोला पुलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प २९५४ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको मे ११ प २९२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक न्यौपाने र अर्को मोटरसाइकल चालक दमक ५ स्थित गोर्खाली टोल बस्ने २५ वर्षीय सोनु लिम्बू घाइते भएका थिए।






