दमक, १० साउन । खाना तथा पानी झैं मानिसको जिन्दगीका लागि निद्रा पनि अति आवश्यक छ । पछिल्ला दिनहरुमा विशेषज्ञहरुले हामीलाई पर्याप्त निद्रा लिने सल्लाह दिइरहेका छन् । अहिले यही विषयमा आधारित एउटा अध्ययनको रिपोर्ट सार्वजनिक भएको छ, जुन डरलाग्दो छ । एउटा नयाँ रिपोर्टका अनुसार राति अनिद्राबाट चिन्तित अथवा कम सुत्ने व्यक्तिमा डाइमेन्सिया नामको बिमारी बढ्ने खतरा हुन्छ ।
यतिमात्र होइन, पर्याप्त निद्रा नपुगेकै कारणले थुप्रै त्यस्ता कारण पनि सिर्जना हुन सक्नेछन्, जसबाट मानिसको मृत्य चाँडै हुनसक्छ । हावर्ड मेडिकल स्कूलमा मेडिसिन इन्स्ट्रक्टर रेबेका रबिन्सनका अनुसार यो अध्ययनमा देखिएका प्रमाणहरुले हरेक रात निद्रा हाम्रो जीवनका लागि कतिको महत्वपूर्ण छ भन्ने बताउँछ ।
यो न केवल हाम्रो न्यूरोलजिकल सिस्टमका लागि फाइदाजनक छ, यसले मृत्युको जोखिमलाई समेत कम गर्न सफल छ । विशेषज्ञहरुको भनाइ के छ भने अमेरिकासमेत विश्वभरीका मानिसहरुमा निद्रा, डाइमेन्शिया तथा कुनै कारणले चाँडै मृत्यु हुने बीचको सम्बन्ध एउटा ठूलो चिन्ताको विषय हो । वर्ल्र्ड स्लीप सोसाइटीका अनुसार कम निद्रा लाग्नु विश्वका ४५ प्रतिशत जनसंख्याको स्वास्थ्यका लागि खतरनाक छ । सामान्य रुपमा हेर्ने हो भने हामीले हरेक रात कम्तिमा ७ देखि १० घण्टाको पर्याप्त निद्रा लिनु पर्छ । यसका बारेमा यूएस सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका भनाइ के छ भने अमेरिकामा हरेक तेस्रो व्यक्तिले यो प्याटर्नलाई फलो गर्न सकेका छैनन् । रिपोर्टका अनुसार अमेरिकामा करिव ५ देखि ७ करोड मानिस स्लीप डिसअर्डर, स्लीप एपनिया, इन्सोमेनिया तथा रेस्टलेस लेग सिन्ड्रोम जस्ता बिमारीहरुसंग जुधिरहेका छन् । सिडिसीले यसलाई पब्लिक हेल्थ प्रोब्लम भनेको छ, किनभने निद्रासंग सम्बन्धित यो समस्याको सम्बन्ध डाइबिटिज, स्ट्रोक, कार्डियोभस्कूलर डिजिज तथा डाएमेन्शियासंग पनि छ ।
जर्नल अफ स्लीप रिचर्समा प्रकाशित यो अध्ययनको विश्लेषण नेशनल हेल्थ एण्ड एजिङ ट्रेण्ड स्टडीले गरेको छ । उक्त अध्ययनको परिणामहरुसम्म पुग्नका लागि २०११ देखि २०१८ काबीच संकलन गरिएको तथ्यांकहरु पनि परिक्षण गरियो । यसबाट के पत्ता लाग्यो भने अनिद्रासंग जुधिरहेका मानिसहरुमा अधिकांश राति नै, अझ हरेक रात यस्तो समस्या हुन्छ । अध्ययनमा निद्रासंग सम्बन्धित समस्याहरु दर्ता गर्ने सहभागिहरुको रिपोर्टलाई रहेक सहभागिको मेडिकल रेकर्डसंग जोडर हेरियो । अध्ययनमा के पाइयो भने निद्रासंग सम्बन्धि समस्याको करिव हरेक रात सामना गरिरहेका ४४ प्रतिशत मानिसहरुमा विभिन्न कारणहरुले मृत्युको जोखिम बढिरहेको छ । जबकि राति प्रायस् यो समस्यासंग जुध्ने ५६ प्रतिशत मानिसहरुको निधन चाँडै हुने खतरा रहन्छ । यसरी राति लगाता निद्रासंग जुध्नेमध्ये ४९ प्रतिशत मानिसहरुमा डाइमेन्शियाको खतरा हुनसक्छ, जबकि राति प्रायस् निद्रासंग जुधेपछि मुश्किलले सुत्नेहरुमा यो बिमारीको खतरा ३९ प्रतिशतसम्म हुन्छ ।






