jQuery(document).ready(function($){ //
});

 दमक, १० साउन । नेकपा एमाले सांसद नारदमुनि रानाले संसद् सचिवालयसँग अडियो रेकर्डिङ माग गर्नुभएको छ । उहाँलाई एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले बैठकमा हप्काउँदै राजीनामा दिएर निस्किन निर्देशन दिनुभएको थियो ।

अन्तर्राष्ट्रिय सम्वन्ध समितिको बैठकमा निम्त्याइएका रानासँग वरिष्ठ नेता नेपाल आक्रोशित हुनुभएको थियो । संसद् सचिवालयका महासचिवलाई पत्र लेख्दै रानाले बैठकको श्रव्यदृष्य आवश्यक परेको हुँदा उपलब्ध गराउन आग्रह गर्नुभएको छ । ‘माधव नेपाल को हुन् मलाई बैठकबाट बाहिर जा भन्ने ? संसदीय समितिमा माधव नेपाल र म बराबर हैसियतमा छौँ,’ उहाँले भन्नुभयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

माधवको अपमानपछि समितिमा माधव र नारदबीच केहीबेर भनाभन समेत भएको थियो । नेपालले रानालाई प्रतिगमनको मतियार भएर नबस्न भन्दै कानुन विपरित राजीनामा माग्नुभएको थियो । ‘प्रतिगमनको मतियार बन्ने ? राजीनामा दिनुस् निस्कनुस्,’ नेता नेपालले रानालाई भन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय