jQuery(document).ready(function($){ //
});

दमक, ११ साउन । गत आर्थिक वर्षमा नेपालमा चुइँगम मात्रै एक अर्ब बढीको आयात भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार नेपालमा पछिल्लो १ वर्षमा १ अर्ब ११ करोड रुपैयाँको चुइँगम आयात भएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

नेपालमा एशियन मुलुकमात्र होइन, युरोपदेखि अमेरिकन मुलुकबाट समेत नेपालमा चुइँगम भित्रिने गर्छ । नेपालमा चुइँगमका पारखी बढेपछि धेरै मुलुकबाट चुइँगम भित्रिन थालेको हो । बजारमा विभिन्न स्वादमा चुइँगम पाइने गर्छ ।

स्कुल÷कलेजका विद्यार्थीदेखि चुरोट सेवन गर्नेसम्मको रोजाइ चुइँगम पर्ने गरेको छ। अल्छि लागेको समयमा स्फुर्ती ल्याउन पनि चुइँगम नै रोजाइमा पर्छ।

चुइँगम खानेहरुको संख्या बढेपछि आयात पनि उच्च दरले बढेको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार नेपालमा सबैभन्दा धेरै चुइँगम छिमेकी राष्ट्र भारतबाट भित्रिने गरेको छ ।

भारतका साथै, बङ्गलादेश, कोरिया, चीन, साउदी अरबीया, अमेरिका, बेलायत, बेल्जियम, थाइल्याण्डका साथै अन्य देशहरुबाट पनि नेपालमा चुइँगम आयात हुने गरेको केन्द्रको तथ्यांकले देखाउछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय