
दमक, ११ साउन । उर्लाबारी नपा क्षेत्रमा कोभिडको संक्रमण तथा मृत्युदर अत्याधिक भएकोले रोक्न श्रावण १२ गते राती १२ बजे देखि (बुधबार)१९ गते सम्म निषेधाज्ञा, सोमबार नगर स्तरिय क्राईसेस म्यानेजमेन्ट सेन्टरको बैठकले औसधी,दुध डेरी, कलेजका परिक्षा र खानेपानी बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको नगर प्रमुखको सचिवालयले जनाएको छ ।