jQuery(document).ready(function($){ //
});

दमक, ११ साउन । बिर्तामोडमा ५५ वर्षमाथिका नागरिकलाई ६ स्थानमा खोप लगाइने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै खोप लगाइने स्थान सार्वजनिक गरेको हो ।

बिर्तामोड नगरपालिकाले विहान १० बजेदेखि ४ बजेसम्म खोप लगाइने जनाएको छ । १२ र १३ गते वडा नं. १,२ को मोहनमाया मावि रामचोक, वडा नं.३,४ को महेन्द्र रत्न मावि विर्ताबजार, वडा नंं.५ को देवी मावि, वडा नं. ६ को सरस्वति मावि बुट्टाबारी, वडा नं.७,८,९ को दुर्गा मावि गरामनी र वडा नं. १० को महेन्द्र ज्योति माविमा खोप लगाउने कार्यक्रम तय गरिएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यस्तै, प्राध्यापक, शिक्षक ,कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक,विदेश जाने नेपाली नागरिकहरुका लागि १४ र १५ गते महेन्द्र रत्न मावि विर्ताबजार र देवी माविमा खोप लगाइने प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय