jQuery(document).ready(function($){ //
});

दमक, ११ साउन । मलेसियामा गैरकानुनी रूपमा काम गरिरहेका नेपाली श्रमिकलाई निश्चित जरिवाना तिरेर घर फर्कन पाउने समय थप भएको छ ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियाले गैरकानुनी श्रमिकका लागि सञ्चालन गरिरहेको रिक्यालिब्रेसन कार्यक्रमको समय पुस १६ सम्मका लागि थपेको हो । यो समय असारको मध्यमा सकिएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यसबीचमा कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएकाले समस्यामा परेका नेपाली स्वदेश फकर्ने अवसरबाट वञ्चित भएको भन्दै दूतवासले मलेसिया सरकारलाई यो कार्यक्रमको समय अवधि थप गर्न आग्रह गरेको थियो । दूतावासका आग्रहअनुसार दूतावासले समय थप गरेको जनाइएको छ ।

दूतावासका अनुसार रिक्यालिब्रेसन कार्यक्रमअन्तर्गत मलेसियाले गैरकानुनी श्रमिकलाई दुई अवसर दिएको छ । पहिलो निश्चित शुल्क तिरेर स्वदेश फर्कन पाइन्छ भने दोस्रो चाहिँ पुनः मलेसियामा आफ्नो कागजात सच्याउँदै कानुनी रूपमा काम गर्न पाइन्छ।

नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य मलेसियामा ठूलो सङ्ख्यामा नेपाली श्रमिक गैरकानुनी रूपमा काम गरिरहेको दूतावासको अनुमान छ । दूतावाससँग मलेसियामा यति सङ्ख्यामा नेपाली श्रमिक गैरकानुनी रूपमा काम गरेका छन् भन्ने तथ्याङ्क छैन ।

दूतावासका अनुसार कोभिडपछि करार अवधि सकिएर वा एउटा कम्पनी बन्द भएर अर्को कम्पनीका काम गर्न गएर थुप्रै नेपाली श्रमिक गैरकानुनी भएकाले यो सङ्ख्या पछिल्लो पटक बढेको सहजै अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय