गर्मी बढेसँगै पैतला भतभत पोल्ने समस्याले सताउँछ। धेरैले यस समस्यालाई गम्भीरतापूर्वक लिँदैनन्। आफैँ निको हुन्छ भनी ठान्छन् । बिभिन्न कारणले गर्दा पैतला पोलेको हुन सक्छ । जस्तै शरीरमा भिटामिन ‘बी’, फोलिक एसिड वा क्याल्सियमको कमी हुँदा, उच्च रक्तचाप हुँदा, मिर्गौलासम्बन्धी समस्या वा औषधिको साइडइफेक्ट हुँदा यी विभिन्न कारणले पैताल पोल्न सक्छ ।
यस्ता छन् घरेलु उपचार
-एउटा भाँडोमा मनतातो पानी हालेर त्यसमा आधा कप सिरे नुन मिसाउने । १० देखि १५ मिनेटसम्म खुट्टा त्यसमा डुबाउने । केही समयसम्म नियमित यस्तो गरिरहँदा समस्या हट्छ ।
-शाकाहारी खानेकुरा खानेले दूध, दही, पनिरलगायत दुग्ध पदार्थ नियमित खानुपर्छ। प्रोटिनयुक्त खानेकुरा खानुपर्छ। मांसाहारीहरूले अण्डा, माछा, चिकन, सी फुडबाट भिटामिन बी प्राप्त गर्न सक्छ र पैताल पोल्ने समस्या हराउदै जान्छ ।
-लौका काटेर त्यसको गुदी पैतलामा दल्नाले पनि राहत मिल्छ ।
-बेसारमा पाइने एन्टी ब्याक्टेरियल तत्वले पनि यस समस्याबाट छुटकारा दिलाउँछ ।






