
दमक, १२ साउन । १२ वर्षीया बालिकासँग सम्बन्धमा रहेका एक २४ वर्षीय युवकलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको छ। ती बालिकालाई सुत्केरी गराउन अस्पताल लगेको अवस्थामा प्रहरीले त्यहीँबाट बलात्कार आरोपमा निजलाई पक्राउ गरेको हो। ती युवकले १२ वर्षकी गर्भवती बालिकालाई सुत्केरी गराउन अस्पताल लिएर पुगेका थिए।
अमेरिकाको ओक्लाहोला शहरस्थित हिलक्रेस्च मेडिकल सेन्टरले प्रहरीलाई १२ वर्षकी बालिकालाई सुत्केरी गराउन ल्याइएको सूचना दिएको थियो। सोही सूचना आधारमा प्रहरीले युवकलाई पक्राउ गरेको हो।