
पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका शिल्पा सेट्टीका पति राज कुन्द्राको अफिसको सर्भरबाट १२० वटा पोर्न फिल्म रिकर्भर गरिएको छ। मुम्बई क्राइम ब्रान्चलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले यसको खुलासा गरेका हुन्।
मुम्बई क्राइम ब्रान्चले यसबारे अनुसन्धान गर्न थालेपछि राजले आफ्नो डाटा डिलिट गरेका थिए। पछि फोरेन्सिक टिमको मद्दतले उक्त डाटा रिकर्भर गरिएको बताइएको छ।
प्रहरी स्रोतका अनुसार क्राइम ब्रान्चले उक्त सूचना पाएपछि राज ‘प्लान बी’का लागि तयार थिए। प्लान बीमा उनले अन्य फिल्म निर्माण गरेर एममा रिलिज गरिने बताइएको छ।
हिरासतमा रहेका राजले अहिलेसम्म आफूले पोर्न फिल्म बनाउँछु भनेर स्वीकार गरेका छैनन्। उनले आफूले इरोटिक फिल्म बनाउने स्वीकारेका छन्।