दमकमा मोटरसाईकल दुर्घटनामा परि झापा सुरुङ्गाका चर्चित हेवन होटलका संचालकद्धय विष्ट दम्पत्तीको घटना स्थलमै मृत्यु भएको छ ।
गएराती मंगलवार साढे १० बजे दमक चिया बगानमा मोटरसाईकलमा रहेका होटल हेवनका संचालक पुर्णबहादुर बिष्ट (राज ) र उनकी श्रीमती हिमा विष्टको घटनास्थलमै मृत्यु भएको हो । उनीहरु सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिएको र उनीहरुको घाईते अवस्थामा वाटामा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ । विष्ट दम्पत्ती लामो समय देखि सुरुङ्गामा होटल हेवन संचालन गर्दै आएका थिए ।







