दमक, १३ साउन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २२ जना सांसदले सरकारमा सहभागी दबाब दिएका छन् ।
बुधबार नेता नेपालसँग छलफलमा जुटेका सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएका हुन् ।
छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै सांसदहरूले सरकारमा सहभागी हुन नेता नेपाललाई सुझाव दिएको बताए ।सहभागिताको विषयमा एकमत देखियो ।’
एमाले एकता प्रयास जारी रहेकाले वरिष्ठ नेता नेपाल तत्काल सरकारमा नजाने पक्षमा छन् । तर नेपाल पक्षीय कतिपय सांसदहरू भने सरकारमा सहभागी हुन हतार गरिरहेका छन् ।






