
दमक, १४ साउन । दुहु गाउँपालिका-३ तिमुरपाटाबाट ३ केजी अबैध जडिबुटी यार्सागुम्बा सहित ब्यास गाउँपालिका-३ सिना बस्ने २४ वर्षीय ग्रेस सिंह कुँवरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सदरमुकाम खलङगातर्फ पैदल आउँदै गरेका उनलाई प्रहरी चौकी ब्रह्रमदेवबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त यार्सागुम्बा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
बरामद यार्सागुम्बा सहित उनलाई आवश्यक कारबाहीको लागि अपिनाम्पा संरक्षण क्षेत्र दार्चुला पठाईएको छ ।