jQuery(document).ready(function($){ //
});

दमक, १४ साउन । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको बारेमा मिडियामा समाचार प्रकाशन तथा प्रसारण भएपछि अर्थमन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

ढुंगानाले बुकबिल्डिङ विधिबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको शेयर छोरीको नाममा किनेको समाचार बाहिरिएसँगै मन्त्रालयले स्पष्टीकरण माग गरेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

अर्थ मन्त्रलायका शाखा अधिकृत श्याम प्रसाद आचार्यले पत्रकाटी सञ्चार माध्यममा आएका विषयवस्तुहरु सत्य तथ्य के हो, सोको स्पष्ट तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

अध्यक्ष ढुंगानाले स्वार्थ बाझिने गरी शेयर खरीद गरेको आरोप लागेको हो । तर विबाद भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले विहे गरेको छोरीले शेयर किन्न धितोपत्र बोर्डको कर्मचारी विनियमावली र कानूनले बन्देज नलगाउने दाबी गरेका छन् ।

ढुंगानाले आन्तरिक रुपमा अमेरिकामा बस्ने छोरी रेविका ढुंगानाका नाममा सर्वोत्तम सिमेन्टको ११ हजार ९९२ कित्ता शेयर किनेको विवरण सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय