jQuery(document).ready(function($){ //
});

दमक, १४ साउन । अनलाइन कक्षा लिने ५५ प्रतिशत बच्चाहरू स्वास्थ्य सम्बन्धी विभिन्न समस्याबाट ग्रस्त भएको एक अध्ययनले देखाएको छ ।

महामारीमा लामो समयसम्म भएको अनलाइन कक्षाको कारण विद्यार्थीहरूमा तनाव, आँखा समस्या र अनिद्रा जस्ता समस्या दखिएको भारतको लखनऊमा स्प्रिंग डेल कलेज चेन अफ स्कूलले गरेको एक सर्वेक्षणमा देखिएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सर्वेक्षणमा ४,४५४ जना समावेश थिए । यसमा विभिन्न स्कूलका ३,३०० विद्यार्थी, १ हजार अभिभावक र १५४ शिक्षकलाई अनलाइन कक्षाका फाइदा र बेफाइदाबारे सोधिएको थियो।

सर्वेक्षणमा ५८ प्रतिशत विद्यार्थीले उनीहरू आँखा, ढाड दुख्ने, टाउको दुख्ने, थकान र मोटोपना सम्बन्धी समस्याबाट पीडित रहेको बताएका छन् ।

त्यस्तै, ५० प्रतिशतले भने उनीहरु तनावबाट विचलित भएका छन् । २२ प्रतिशतले अनिन्द्राको समस्या भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय