jQuery(document).ready(function($){ //
});

दमक, १४ साउन । 

काजु एक महंगो ड्राइ फुड हो । महंगो भएजस्तै काजुका अनगिन्ती फाइदा पनि छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

काजुमा प्रोटिनको मात्रा धेरै हुन्छ । काजु खानाले अनुहार राम्रो हुनुका साथै, स्मरण शक्ति बलियो हुन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र लेप बनाएर अनुहारमा मालिस गर्ने हो भने अनुहार चम्किलो हुन्छ ।

काजुमा भिटामिन बी को मात्रा धेरै हुन्छ । जसले दिमाग तेजिलो बनाउँछ । काजु खानाले शरीरमा युरिक एसिड बढ्दैन् । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन् । तर काजु एक यस्तो ड्राइ फुडमा पर्छ जो कसैले पनि खान उपयोग छ ।

काजुमा पोटासियमको मात्रा बढी हुन्छ । यसले उच्च रक्तचाप नियन्त्रण गर्न मद्धत गर्छ । काजुमा सोडियमको मात्रा कम हुन्छ । यसमा कार्बोहाइड्रट, प्रोटिन, आइरन, जिंक, कपर र म्याग्नेसियम भरपुर मात्रामा पाइन्छ । जसले हड्डी तथा दाँतलाई बलियो बनाउँछ ।

बिहानको समयमा हरेक दिन काजु खाने हो भने उच्च रक्तचाप बाट बच्न सकिन्छ । यसका साथै शरीरमा अन्य सकारात्मक परिवर्तनहरु हुन्छ ।

यस्ता छन् नियमित काजु खानुका केही फाइदाहरु

– दिमागलाई तेज तथा स्मरण शक्ति बढाउँछ ।

– छालामा चमक दिने काम गर्छ ।

– निराशा र थकान मुक्त गराउछ ।

– मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचाप नियन्त्रण गर्छ ।

– मुटु बलियो बनाउछ ।

– शरीरलाई आवश्यक पोषण प्रदान गर्छ ।

– डर लाग्ने र मुटुसम्बन्धी अन्य रोग नियन्त्रण गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय