jQuery(document).ready(function($){ //
});

दमक, १५ साउन । टोकियो अ‍ोलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी सरस्वती चौधरीले सामान्य प्रदर्शन गरेकी छिन् ।

महिला १ सय मिटर दौडमा सरस्वतीले सामान्य प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएकी हुन् । उनले निर्धारित दूरी १२.९१ सेकेन्डमा पूरा गरिन् ‌‌।

RAWA Hills Town Property

RAWA Hills Town Property

आफ्नो हिटमा रहेका ९ मध्ये उनी आठौं स्थानमा रहिन् । यससँगै नेपालको टोकियो अ‍ोलम्पिकमा चुनौती सकिएको छ ।

म्याराथनका लागि छनोट गरिएका गोपी चन्द्र पार्कीले अन्तिम समयमा खेल्न नपाएपछि सो स्थानमा सरस्वतीलाई पठाइएको हो ।

मुस्किलले २ साताको तयारीमा उनी टोकियो उडेकी थिइन् । सायद त्यही कारण उनले आफ्नो लक्ष्यअनुसार राष्ट्रिय कीर्तिमान कायम गर्न सकिनन् ।

नेपालबाट टोकियो ओलम्पिकमा सहभागिता जनाएका ५ खेलाडीमध्ये तीन जनाले राष्ट्रिय कीर्तिमान कायम गर्न सके ।

पौडीमा एलेक्स शाह र गौरिका सिंहले १ सय मिटर फ्रिस्टाइल तथा सुटिङकी कल्पना परियारले १० मिटर एअर राइफलमा कीर्तिमान बनाए पनि जुडोकी सोनिया भट्ट र सरस्वती भने पहिलो चरणबाटै बाहिरिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय