jQuery(document).ready(function($){ //
});

दमक, १५ साउन । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

बैंकका सार्वजनिक विवरण अनुसार यो अवधिमा ३३।४० प्रतिशतले नाफा बढाएर १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब १९ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा बैंकको नाफामा सुधार भएको होे ।

RAWA Hills Town Property

RAWA Hills Town Property

समीक्षा अवधिमा बैंकको खुद नाफा २५ प्रतिशतले बढेर ३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यस्तै, संचालन मुनाफा ४३.६६ प्रतिशतले बढेर २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ रहेको छ। १२ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ९ करोड ८९ लाख रुपैयाँ संचित रहेको छ ।

असार मसान्तसम्ममा बैंकले १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८८ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १३.१९ रुपैयाँबाट बढेर १५.३८ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४८.४९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.१० गुणा, आधार दर ७.५५ प्रतिशत, सीसीडी अनुपात ७७.४२ प्रतिशत र खराब कर्जा २.७७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय