
दमक, १५ साउन । आफूलाई मेमोरी किङ्गका रूपमा प्रचार गरेर चर्चामा आएका कालीकोटका विजय शाहीसँग ‘स्मरण कला’ सिक्न सुर्खेतका एक सय ४० जना युवाले ५-५ हजार रूपैयाँ शुल्क तिरेको पाइएको छ ।
शाहीको क्षमता विवादित बनेपछि उनीहरू बिलखबन्दमा परेका छन् । कालीकोट महावै गाउँपालिका-५ का विजयले “Shahi Institute of Memory” नामक कम्पनी दर्ता गरेर अफिससमेत खोलेका थिए । एकैछिनमा सिंगै किताब कन्ठस्त पार्ने फर्मुला सिकेर लोकसेवा आयोगमा नाम निकाल्ने सपना देखेका युवाहरू तोकिएको शुल्क तिर्न तयार भए । तर, उनीहरूको सपना सपनै भयो ।