दमक, १५ साउन । श्रावण १३ गते देखि १६ गते सम्म कोरोना खोप हान्ने कार्यक्रम विभाजन भएता पनि बीचमै खोप सकिएको नगरपालिकाले जानकारी गरेको छ।
के खोपमा अनियमितता भएको हो त? साधारण जनताहरु को गुनासो सुन्दा यस्तै लाग्छ।
उनीहरूको मुखारविन्दुले चिचियाई रहेको छ , आफ्नो पार्टी को मान्छेलाई वा पहुंच हुने ले मात्र लगाए खोप तर नगरपालिका ले यो कुरा स्वीकार गरेको छैन। खोप नियम पूर्ण भएको नगरपालिकाले जानकारी गरेको छ।
१३ र १४ गते ५०/५५ वर्ष उमेर समूहका मानिसहरूले खोप लगाउनु भएको थियो। १६ गते सवारी चालक, सहा चालक, शिक्षक, पत्रकार एबम् विभिन्न क्षेत्र मा कार्य गर्ने व्यक्तित्वहरू को खोप लगाउने पाली रहेको थियो तर खोप सकिएकोले सो कर्यक्रम आज १५ गते अर्को सूचना जारी न हुन्जेल स्थगित भएको छ।
आज बसेको नगरपालिकाको मीटिंग को निष्कर्ष अनुसार अर्को सूचना न आउन्जेल खोप स्थगित भएको छ।
सामाजिक सञ्जाल मा लेख्नु हुन्छ :
बिश्व प्रकाश तिम्सिना : लगाएको खोपको विवरण चाहियो हामीलाई।आफ्नो कार्यकर्ताहरुलाई र लुकाएको पाइएमा नगरपालिका घेरिन्छ यति कुरा अवगत होस!!
Akash Thulung : यसरी कहाँ हुन्छ ? किन खोप लक्षित समुहलाई पुगेन ??? प्रश्न उठ्ने ठाउँ छ ।सम्बन्धित निकायले अनुसन्धान गर्नुपर्ने देखिन्छ








