jQuery(document).ready(function($){ //
});

दमक, १६ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)को आपत्कालीन बैठकले साफ च्याम्पियनसिप नेपालमै आयोजना गर्ने निर्णय गरेको छ । 

कोरोनाका कारण बंगलादेशले प्रतियोगिता आयोजना गर्न नसक्ने भनेपछि साफले नेपाललाई गर्न प्रस्ताव गरेको थियो । साथै प्रतियोगिता आयोजना गर्न पाँच करोड सहयोग गर्ने अर्थ मन्त्रालयलाई एन्फाले धन्यवाद पनि दिएको छ । श्रीलंका र माल्दिभ्सले पनि संयुक्त रूपमा आयोजना गर्न इच्छा देखाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

साथै च्याम्पियनसिप तयारीको लागि नेपाली फुटबल टिमले बंगलादेश, भारत, सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल्ने तयारी गरेको जनाइएको छ । त्यस्तै एन्फाले भारतमा हुने एएफसी महिला एसियन कप छनोटको तयारीका लागि महिला टिमलाई इरान लगायतका देशसँग मैत्रीपूर्ण खेल खेलाउने सैद्धान्तिक निर्णय गरेको छ । 

महिला टिमले नेपालमै छनोट खेल खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय