दमक, १६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने भएको छ ।
बैठकमा तीन एजेण्डामा छलफल हुनेछ । केन्द्रीय विभागहरुको पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणको विषय बैठकको एजेण्डा रहेको छ ।






