jQuery(document).ready(function($){ //
});

दमक, १६ साउन । बिर्तामोड नगरपालिकाको कार्यालयमा आज तालाबन्दी गरिएको छ । होटलमा खोप लुकाएको आरोप लगाउँदै कोभिड पर्सन ओम खड्कामाथि कारवाहीको माग गर्दै तालावन्दी गरिएको हो ।

नेपाल विद्यार्थी संघ जिल्ला समिति र अखिल क्रान्तिकारी झापाले संयुक्तरुपमा तालाबन्दी गरेका छन् । तालावन्दी गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरका छन् । खोप बारे सत्यतथ्य बाहिर नआउञ्जेलसम्मका लागि ताला नखोलिने बताइएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

शुक्रवार बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा १०३ भायल खोप फेला परेको थियो । सोही ठाउँमा फोकल पर्सन खड्का समेत भेटिएपछि लुकाएको आरोप लगाइएको छ । यसबारे जिल्ला स्वास्थ्य कार्यालय झापाले आधिकारिक रुपमा पठाइएको खोप कसैले लुकाउन नसक्ने स्पष्ट पारेको छ । सम्बन्धित व्यक्ति नै होटलमा भएकाले खोप पनि त्यही छोडेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय