jQuery(document).ready(function($){ //
});

 दमक, १६ साउन । हालसम्म कति जना र क–कसलाई खोप लगाइएको हो, त्यसको विवरण सार्वजनिक गर्न जिल्ला कोभिड खोप व्यवस्थापन समितिले निर्देशन दिएको छ ।

प्रजिअ श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा समितिको शनिवार बसेको बैठकले स्वास्थ्य कार्यालय झापालाई त्यस्तो निर्देशन दिएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

खोप लगाउने कार्यमा व्यापक अनियमितता भएको र कतिपयले सरकारले तोकेको मापदण्ड विपरीत उमेर र पेशाकर्मी समूहलाई पहुँच र पैसाका बलमा आफुखुसी खोप लगाएको जनगुनासो बढेपछि खोपको विवरण सार्वजनिक गर्न समितिले निर्देशन दिएको हो ।

जिल्लामा कति खोप आएको र ती खोप कति मात्रामा कुन पालिकामा गएको विवरण पनि स्वास्थ्य कार्यालयले अब सार्वजनिक गर्नुपर्ने हुन्छ ।

त्यति मात्र नभएर कति उमेरका को को व्यक्तिले खोप लगाएका हुन्, त्यसको विवरण पनि अब सार्वजनिक गर्नु पर्नेछ ।

समितिको बैठकले जिल्लाभरका पेट्रोल पम्पहरुमा काम गर्ने ३०० जना कामदारलाई नेपाल आयल निगमको चारआली डिपोमा जोनसन कम्पनीको अमेरिकी खोप लगाइने समेत निर्णय गरेको छ ।

पेट्रोल पम्पमा धेरै सेवाग्राही आउने गरेको र कामदारहरु कोरोना संक्रमणको जोखिममा परेको भनेर व्यवसायीहरुले धेरै पहिलेदेखि खोपको माग गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय