jQuery(document).ready(function($){ //
});

दमक, १६ साउन । 

पछिल्लो २४ घण्टामा देशभर ३१०६ जना कोरोना संक्रमित थपिएका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार २६३ पीसीआर परीक्षण गर्दा २२८० र ४२५६ एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३१०६ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९५ हजार ३८९पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९१६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ५४ हजार १७७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३१ हजार ३५५ रहेको छ ।

पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय