jQuery(document).ready(function($){ //
});

दमक , १८ साउन । नेपाल उद्योग वाणिज्य महासंघले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसँग जोडेर प्रकाशित तथा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले विज्ञप्तिमार्फत् सर्वोत्तम सिमेन्ट लिमिटडको प्रमोटर शेयर खरीदसम्बन्धी विषयसँग वरिष्ठ उपाध्यक्ष ढकालको नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

ढकाललाई २०७७ मंसिर ३० गते महासंघबाट बोर्डमा प्रतिनिधि तोकको र २०७७ माघ ११ गतेबाट मात्रै बोर्ड उपस्थित भएको जनाएको छ ।

तर, मंसिर १४ मै गरिएको सेयर कारोबारकोे विषयलाई जोडेर आएका भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भिर आँच पुर्याउने भनिएको छ ।

‘सर्वोत्तम सिमेन्टको प्रमोटर सेयर खरिदमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नाम जोडेर आएका समाचारप्रति यस महासंघको गम्भिर ध्यानाकर्षण भएको छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल धितोपत्र बोर्डमा महासंघकोतर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्था अनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई २०७७ मंसिर ३० गते बोर्डको प्रतिनिधि तोकेको र उहाँको बोर्ड बैठकमा मिति २०७७ माघ ११ देखिमात्र उपस्थिति रहेको व्यहोरा जानकारी गराउंँछौं ।’

मासंघले ढकालका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै (ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र बोर्डमा सञ्चालकको रूपमा उपस्थित हुनुभन्दा दुई महिना अगाडि मिति २०७७/०८/१४ मा) मै सेयर किनेकाले ढकाल बोर्ड सञ्चालक भएपछि सेयर नकिनेको भन्दै महासंघले स्पष्टिकरण दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय