दमक , १८ साउन । कमल गा पा वडा नं -१ को बॅासबारी, रतनचौन र शान्तिचोक टोलभित्र बस्ति बस्ति र अपाङ्ग/ अशक्तहरुलाई घरघरमै गएर वडाध्यक्षको नेतृत्वमा सामाजिक सुरक्षाभत्ता वितरण गर्नेकाम सरल र सहज तवरले सम्पन्न गरियो ।
बैंकको झन्झटिलो प्रकिया र आवागमनको असुविधाबाट आजित भएका वृद्धवृद्धा लगायतले गाउॅघरमै सुविधा पाएकोमा खुसी ब्यक्त गरे ।सामाजिक सेवामा ह्रदयदेखिकै सेवाभावका साथ खट्ने वडाध्यक्ष केदार कटुवाल र अन्य जनप्रतिनिधिको यो कर्म प्रसंशनीय छ।









