jQuery(document).ready(function($){ //
});

दमक , १९ साउन । न्याय सेवा आयोगले १८ जना न्यायाधीशका लागि दरखास्त आह्वान गरेको छ।

न्याय सेवा परीक्षा महाशाखाले मंगलबार एक सूचना निकाल्दै आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्न १८ जनाको लागि दरखास्त आह्वान गरेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिन भित्र दरखास्त दिनुपर्ने छ। दरखास्त दस्तुर रामशाहपथस्थित न्याय परिषद् सचिवालयको कार्यालयमा बुझाउनुपर्ने छ । लिखित परीक्षा कार्यक्रम असोज १२ देखि १७ गतेसम्म तोकिएको छ।

नेपालको संविधानको धारा १४९ को उपधारा २ को खण्ड ‘ख’ र ‘ग’ बमोजिम खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिनेछ। जिल्ला न्यायाधीशका लागि आवश्यक न्यूनतम योग्यता संविधानमा तोकिएबमोजिम हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय