दमक , १९ साउन । इन्स्टाग्राममा नयाँ एकाउन्टन्ट खोल्ने १६ वर्ष मुनिका प्रयोगकर्ताको एकाउन्टन्ट मात्र हालका लागि स्वतः प्राइभेट हुनेछ । पूराना कम उमेरका प्रयोगकर्तालाई चाँहि एकाउन्टन्ट प्राइभेट गर्दाका फाइदाहरु समेटिएको एक सन्देश पठाइनेछ ।
१३ वर्ष मुनिका प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ एप नै ल्याउन लागिएको इन्स्टाग्रामले जनाएको छ ।
यद्यपि इन्स्टाग्रामले उमेर ढाँटेका कम उमेरका प्रयोगकर्ताको एकाउन्टन्ट हटाउनका लागि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको विकास गरिरहेको बताएको थियो ।






