दमक , १९ साउन । नायिका गरिमा पन्तले छोरीलाई जन्म दिएकी छन् । नायिका पन्तले आफुले छोरीलाई जन्मदिएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।
अमेरिकामा रहेकी गरिमाले आफू आमा बनेको सन्देश सामाजिक सञ्जालमा श्रीमानसँगै छोरीको फोटो सार्वजनिक गदै भन्छिन्,–‘तिम्रो आगमनले हामी धन्य अनि भरिपुर्ण भएका छौं, छोरी प्रिषा, तिमिलाइ यो सुन्दर धर्तीमा स्वागत । गरिमा फिल्म क्षेत्र छोडेर अमेरिकामै आफ्ना श्रीमानसँग बस्दै आएकी छिन्।






