दमक , १९ साउन । लव द डग नामक फेसबुक ग्रुपले बिगत लामो समय देखी सडकमा रहेका बेवारिसे कुकुरहरुलाई खाना खुवाउने कार्यक्रम संचलान गरीरहेको छ । यस ग्रुपले आज दमक ०७ का युवाहरु सङ्ग मिलेर कार्यक्रम संचालन गरेको हो । यो ग्रुपले २० वटा भन्दा धेरै कार्यक्रम समापन गरिसकेको छ । यस्तो पबित्र कार्यमा सहकार्य गरेर सेवा गर्न पाउदा एकदमै खुसी रहेको यस वडा युवा संजाल दमक ७ का अध्यक्ष सुरज शर्मा बन्जाराले बताए ।
आगामि दिनहरुमा पनि यस्ता सामाजिक कार्यमा मिलेर अघि बढ्ने बन्जारेले बताए । याे अवसर प्रदान गरिदिनु भएकाेमा प्रेरणा दर्नाल ज्युलाई पनि उनले धन्यबाद दिएका छ्न्न ।














