दमक , २० साउन । जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
प्रभु क्यापिटल र मकर जितुमाया सुरी हाइड्रोपावरबीच मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक शेयर निष्काशन तथा बिक्रीका लागि सम्झौता भएको हो ।
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ र प्रभु क्यापिटल लिमिटेडकातर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ ।
प्रारम्भिक शेयर निष्काशन
कम्पनीले प्रारम्भिक शेयर निष्काशनका लागि कुलजारी पूँजी ७६,००,००० को ३० प्रतिशत अर्थात् २२,८०,००० कित्ता प्रारम्भिक शेयर निष्काशन गर्ने भएको छ । यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७,६०,००० कित्ता र सर्वसाधारणका लागि १५,२०,००,००० कित्ता शेयर निष्काशन गर्नेछ ।
चर्चित लगानीकर्ता
सो कम्पनीले निर्माण गरीरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।






