jQuery(document).ready(function($){ //
});

दमक , २१ साउन । वैदेशिक रोजगारी, अध्ययन तथा अन्य कामको लागि विदेश जानेहरुलाई विद्युतीय (क्यूआर कोड) खोप प्रमाण प्रदान गरिने भएको छ । विदेश जाने नेपाली नागरिकले क्यूआर कोडसहितको खोप लगाएको प्रमाण आजदेखि कीर्तिपुर नगरपालिकामा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट पाउने भएका छन् ।

पछिल्लो समय कुवेत लगायत नेपालीहरु वैदेशिक रोजगारीमा जाने विभिन्न देशहरुले क्यूआर कोडसहितको खाेप लगाएकाे प्रमाण माग्ने गरेका छन् । यूएईले पनि क्यूआर कोडसहितको प्रमाण माग्न सक्ने भन्दै अस्ति त्यहाँ रहेको नेपाली दूतावासले क्यूआर कोडसहितको प्रमाण बोकेर आउन आग्रह गरेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

खोप लगाएको विद्युतीय प्रमाण नहुँदा विदेश जान समस्या भयो भन्दै श्रमिकहरुले क्यूआर कोडसहितको प्रमाण पाउँ भन्दै काठमाण्डौमा आन्दोलन पनि गरेका थिए । क्यूआर कोडसहितको प्रमाण दिने कार्य अन्य जिल्लामा पनि विस्तार गर्दै लैजाने र पूर्ण खोप लगाएका जुनसुकै व्यक्तिलाई पनि क्यूआर कोडसहितको प्रमाणपत्र उपलब्ध गराउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

तपाईले यँहा क्लिक गरेर  कीर्तिपुर नगरपालिकामा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र को लोकेसन म्याप हेर्न सक्नुहुनेछ !

यो पनि पढ्नुहोस्: क्यूआर कोडसहितको खोप प्रमाणीकरण गर्न युएईमा रहेको नेपाली दूतावासको आग्रह काठमाडौं : यूएईस्थित नेपाली दूतावासले वैदेशिक रोजगारसहित सबै प्रकारका भ्रमणमा उक्त मुलुक जानेले अनिवार्यरुपमा क्यूआर कोडसहित कोरोना खोप प्रमाणीकरण गर्न आग्रह गरेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमण बढेपछि हाल यूएईमा नेपालबाट उडान रोकिएको छ । तर नेपाली दूतावासले पछिल्लो समय खाडीका धेरै देशहरुले यात्रुले कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणमा क्यूआर कोड पनि मागिरहेकाले यूएईले पनि चाँडै यस्तो नियमलगाउन सक्ने भन्दै नेपाली दूतावासले क्यूआर कोड अनिवार्यरुपमा लिन भनेको हो ।

नेपालमा रहेका राहदानी नवीकरण गर्नुपर्ने वा नयाँ लिनुपर्नेहरुले कोरोनाविरुद्धको खोप लिई नसकेको अवस्थामा कोरोना भाइरस भ्याक्सिन सम्बन्धी स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको वेबसाइटमा गएर प्री इनरोलमेन्ट फारम भरी खोप लगाई क्यूआर कोडसहितको खोप प्रमाणपत्र लिनुपर्ने दूतावासको भनाइ छ ।

क्यूआर कोडसहितको खोप प्रमाणपत्र नभएमा भविष्यका दिनमा यूएई यात्रामा समस्या हुन सक्ने भन्दै दूतावासले यूएईमा विभिन्न पेशा व्यवसाय गरेर बसेका नेपालीलाई पनि नेपालमा रहेका आफ्ना आफन्तहरुलाई क्यूआर कोडसहितको खोप प्रमाणपत्रबारे जानकारी गराउन आग्रह गरेको छ । यूएईमा नेपाली कामदारले होटल, रेष्टुरेण्ट, सुरक्षा गार्ड, मल तथा अन्य सेवाका क्षेत्रमा रोजगारी गर्ने गरेका छन् ।

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाने कामदारहरुले कोरोनाविरुद्धको खोप लगाएको क्यूआर कोडसहितको प्रमाण पत्र नदिएको भन्दै सडक प्रदर्शनमा उत्रिएका थिए । वैदेशिक रोगजारीमा जान श्रम स्वीकृति लिएका कामदार आइतबार काठमाडौंको भद्रकालीमा तत्काल खोप कार्डको व्यवस्था गर्न माग गर्दै प्रदर्शन गरेका थिए । त्यसैगरी दूतावासले यूएईमा कोरोनाको खोप लिइसकेका नेपालीले उक्त खोप लगाएको प्रमाण साथमा राखेर विदेश यात्रा गर्नपनि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय