jQuery(document).ready(function($){ //
});

नेपाली राष्ट्रिय फुटबल टिमले भारतसंग नेपालमा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। आगामी भाद्र १७ र २० गते उक्त खेल काठमाडौको दशरथ रंगशालामा हुनेछ। मैत्रीपूर्ण खेल हुने निश्चित भएको अखिल नेपाल फुटबल संघ र भारतको अल ईण्डिया फुटबल फेडरेशनले जनाएको छ।

नेपाल र भारतका राष्ट्रिय टिमले हालसम्म विभिन्न अवसरमा १९ पटक खेलिसकेका छन जसमा १३ पटक भारतले जितेको थियो। नेपालले भारतलाई २ पटक हराएको थियो। नेपालले पछिल्लो पटक काठमाडौंमा सन २०१३ को साफ च्याम्पियनशीपमा भारतलाई १ गोलका बिरुध्द २ गोलले हराएको थियो। सन २०१५ मा विश्वकप छनौट फुटबल प्रतियोगितामा नेपालमा भएको खेलमा दुबै पक्षबाट कुनै गोल हुन सकेको थिएन। 

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय