
दमक , २२ साउन । दमकमा अहिले धमाधम कोरोना खोप कार्यक्रम भै रहेको छ। आज वार्ड नम्बर ४,५,६,७ का ५० वर्षीय उमेर समुह साथै अपाङ्गाता भएका व्यक्तिले खोप लगाउने अवसर पाए । स्वास्थ्य विभाग दमकका कुबेर भट्टराई का अनुसार आज २१७३ जनाले खोप लगाए । साथै भोलि वार्ड नम्बर ८,९,१० मा सम्बन्धित उमेर समूहलाई लक्षित गरी खोप लागाउने योजना रहेको भट्टराईले जानकारी दिनुभयो।