jQuery(document).ready(function($){ //
});

दमक , २२ साउन । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि उद्योग वाणिज्य संघ र लायन्स क्लब द्वारा दमक नगरपालिका लाई ४१ लाख ७५ हजार बराबरको स्वास्थ्य सामग्री हस्तन्तरण गरेको छ। एक थान भेन्टिलेटर, ६ थान अक्सिजन कन्सन्ट्रेटर साथै विभिन्न स्वास्थ्य सामग्री एबम् उपकरणहरू बाणिज्य संघ र लाइन्स क्लबका पदाधिकारी द्वारा नगर प्रमुख रोम नाथ ओलीलाई हस्तान्तरण गरिएको थियो।

लाईन्स क्लब अफ इन्टरनेशनल मल्टिपल काउन्सिल चियर पर्सन राजन खत्रीको अध्यक्षता भएको हस्तान्तरणमा लाईन्स क्लब डिष्ट्रिक्ट गभर्नर अजय अग्रवालको पनि उपस्थिति थियो एबम् लाइन्स क्लब अफ इन्टरनेशनल ३२५ ए वान डिस्ट्रिक गभर्नर रेवत बहादुर कार्कीको पनि उपस्थिती रहेको थियो। दमक नगरपालिका को पक्ष बाट स्वास्थ्य शाखा प्रमुख राम वृक्ष चौधरी साथै बाणिज्य सँग को तर्फ बाट संघका पदाधिकारी, सदस्य, व्यवसायीहरुको उपस्थिती थियो साथै लाईन्स क्लव अफ इन्टरनेशनलका सदस्यहरुको पनि उपस्थिती थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

संघका प्रथम उपाध्यक्ष राजु खड्का द्वारा कार्यक्रम सञ्चालन भएको थियो।

सामाजिक सञ्जाल मा हेर्नुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय