jQuery(document).ready(function($){ //
});

यस हप्ताको अन्तमा फिनल्याण्डको सबैभन्दा कान्छी प्रधानमन्त्री 34 वर्षीया सन्ना मारिनले गठबन्धनको प्रमुखमा शपथ ग्रहण गर्नुभयो जसका चार अन्य पार्टीहरू सबै महिला नेतृत्व लिइरहेका छन्, तीमध्ये तीन जना तीस वर्षका थिए। प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीमा नेतृत्वको लागि चुनाव भएको थियो । रेनीले गठबन्धन सदस्यबाट विश्वासको मत गुमाएपछि राजीनामा दिनुपरेको थियो ।  मरिन प्रधानमन्त्री बनेपछि उनी फिनल्याण्डको इतिहासको सबैभन्दा कान्छी प्रधानमन्त्री हुनेछिन् ।  त्यस्तै उनी वर्तमान विश्वका सत्तासिन सरकार प्रमुखमध्ये सबै कम उमेरकी प्रधानमन्त्री हुनेछिन् । अहिले ३५ वर्षे युक्रेनका प्रधानमन्त्री आलेक्सी होन्चरुक विश्वका सबैभन्दा कान्छो प्रधानमन्त्री रहेका छन् ।   पार्टीको नेतृत्वको लागि भएको मतदानमा साँघुरो मतान्तरले विजयी भएकी मरिनले जितपछि बोल्दै भनिन् ,‘हामीले विश्वास पुनरनिर्माण गर्नको लागि धेरै काम गर्नुपर्छ ।’

सञ्चारकर्मीले उमेरबारे गरेको प्रश्नमा मरिन भनिन् ,‘मैले कहिल्यै पनि आफ्नो उमेर वा लिङ्गबारे सोच्दिनँ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

म राजनीतिमा प्रवेश गर्नुको कारण र निवार्चनमा जुन कुरामा विश्वास दिलाएर जितेका छौं त्यसमा ध्यान दिन्छु ।’

मरिन नोर्डिक देशको तेस्रो महिला प्रधानमन्त्री हुँदैछिन् । मरिनको पार्टी सोसल डेमोक्रेट्स अप्रिलमा भएको निर्वाचनमा

सबैभन्दा ठूलो पार्टी भएकाले त्यसका नेताले गठबन्धन सरकारको नेतृत्व गर्न पाउँछन् ।  फिनिस प्रसारक वाईएलईका

अनुसार मरिनलाई एक्ली आमाले हुर्काएकी थिइन् र उनी आफ्नो परिवारबाट विश्वविद्यालय जाने पहिलो व्यक्ति हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय