
दमक , २३ साउन । जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।
जापानले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराउने भनेको १६ लाख डोजमध्ये पहिलो चरणमा आज बिहान ९ः०० बजे पाँच लाख १३ हजार डोज खोप काठमाडौँ आइपुगेको हो ।
एस्ट्राजेनेकाको खोप लिएर आएको कतार एयरवेजको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
आइतबार थप दुई लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ ।
सरकारले कोरोना विरुद्धको कोभिशिल्ड खोप लगाएकालाई दोस्रो मात्रा एस्ट्राजेनेकाकै खोप दिने निर्णय गरिसकेको छ ।