jQuery(document).ready(function($){ //
});

सेयर ब्रोकरहरूले पनि अब सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्नुपर्ने व्यवस्था हुन लागेको छ । नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०७८ मा यस्तो व्यवस्था गरिएको छ ।

स्वीकृतिका लागि अर्थ मन्त्रालय पुगेको उक्त नियमावली जस्ताको त्यस्तै पारित भए धितोपत्र ब्रोकरले सर्वसाधारणका लागि ३ देखि ५ वर्षभित्र चुक्ता पुँजीको न्यूनतम ३० प्रतिशत सेयर जारी गर्नुपर्नेछ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

नेपालमा ब्रोकरले सर्वसाधारणलाई सेयर जारी गर्ने प्रचलन छैन । सेयर जारी गरेपछि कारोबारका लागि दोस्रो बजारमा सूचीकृत हुनुपर्छ । यस्तो अवस्थामा आफ्नो सेयर आफै कारोबार गर्नुपर्ने अवस्था आउँछ । त्यति बेला स्वार्थ बाझिन सक्छ । यसकारण पनि ब्रोकरले सेयर जारी गर्नुपर्ने प्रचलन सुशासनका हिसाबले पनि उचित नभएको जानकारहरू बताउँछन् । ‘नेपालमा सबै नयाँनयाँ अभ्यास हुँदै छ,’ स्रोतले भन्यो, ‘ब्रोकरले सेयर जारी गरेर दोस्रो बजारमा सूचीकृत भएपछि नियामक निकायलाई साँच्चै टाउको दुखाइ हुन्छ ।’ हाम्रोजस्तो कमजोर नियामक निकाय भएको मुलुकमा त्यसले झनै विकृति ल्याउने विज्ञहरू बताउँछन् । कान्तिपुर दैनिकले लेखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय